‘असार मसान्तभित्र आधिकारीक ट्रेड युनियनकाे चुनाव गराउँ’

108
  •  
  •  
  •  

Civil act
फाइल फोटो

काठमाडौं, ९ चैत (ओएनएस) : संसदको राज्य व्यवस्था समितिले जारी आर्थिक वर्षभित्र निजामति कर्मचारीकाे आधिकारिक  ट्रेड युनियनको चुनाव गराउन निर्देशन दिएको छ ।

समितिको सोमबारको बैठकले निजामति कर्मचारीका विभिन्न ट्रेड युनियन भएको भन्दै आधिकारिक ट्रेड युनियन चुनाव यो आर्थिक वर्ष भित्रै गराउन समान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो ।

यस्तै समितिले कर्मचारी किताव खानाको भवन जीर्ण भएकाले त्यसलाई स्थानान्तरण गर्न निर्देशन दिएको छ । समितिले भवन सारेपछि बैसाख मासन्तभित्र जानकारी गराउन पनि निर्देशन दिएको छ ।

सभापति दिलबहादुर घर्तीको अध्यक्षतामा बसेको बैठकमा बैठकमा मानव श्रोत अभिलेख व्यवस्थापन, प्रकृया, समस्या र समाधानको उपाय (निजामती कितावखाना) र निजामती कर्मचारीलाई एक मन्त्रालय वा अन्तरगतबाट अर्को मन्त्रालय वा अन्तरगत सरुवा गर्दा अपनाइएका मापदण्ड र देखिएका समस्या र समाधानका उपायको सम्बन्धमा छलफल भएको थियो ।

बैठकमा सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले निजामति कितावखानको भवन भत्कने अवस्थामा पुगेको बताएका थिए । आगामी बिहिबार बस्ने समितिको अर्काे बैठकमा महानगरिय प्रहरी परिसर हनुमानढोकालाई उचित स्थानमा सार्ने विषयमा छलफल हुनेछ ।


  •  
  •  
  •