आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित

84
  •  
  •  
  •  

काठमाडौं । सरकारले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। कोरोना कहरको समयमा पनि ट्रेड युनियनको निर्वाचन गर्न सरकार लागिपरेको भन्दै आलोचना हुँदै आएको थियो ।

असोज २४ गतेका लागि आधिकारिक युनियनको चुनावको मिति तोकिएको थियो। त्यसका लागि प्रमुख निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता समेत जारी गरिसकेको थियो।


  •  
  •  
  •