सिरहा, २१ माघ(ओएनएस) : सिरहाको सिक्रौनमा भएको ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
बुधबार बिहान करीब १० बजे सिक्रौने ४ मा ना ४ च ८६९८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टँदा चालकको घटनास्थलमा नै मत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक हरी खतिबडाले जानकारी दिए ।
मृत्यु हुनेमा स्थानिय अन्दाजी ३२ बर्षीय संजिव यादव रहेको छ । मृतक यादवको शवलाई पोष्टमार्टमको लागि लहान पठाईएको निरिक्षक खतिबडाले बताए ।