जेटीसिसीको नेतृत्व परिवर्तन

176
  •  
  •  
  •  

काठमाडौं ४ मंसिर(ओएनएस): संयुक्त पर्यटन समन्वय समिति(जेटीसिसी) को नेतृत्व परिवर्तन भएको छ ।

आलोपालो प्रणालीअनुसार हरेक ६\६ महीनामा परिवर्तन हुने साझा मञ्चलाई अब एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)का अध्यक्ष डीबी लिम्बूले नेतृत्व गर्ने भएका छन् ।

यसअघि ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष रमेश धमलाले जेटीसीसीको नेतृत्व गर्दै आएका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठको उपस्थितिमा बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा धमलाले लिम्बूलाई नेतृत्व हस्तान्तरण गरे ।

नेतृत्व परिवर्तन हुँदैमा जेटीसीसीको नियमित गतिविधिमा कुनै प्रभाव नपर्ने संयोजक लिम्बूले बर्ता ।
साथै निवर्तमान संयोजक धमलाले आफ्नो नेतृत्वकालमा सबै क्षेत्रबाट राम्रो समर्थन पाएकाले जेटीसीसीले सफलता प्राप्त गरेको बताए ।

जेटीसीसीले नेपाल पर्यटन बोर्डमा आर्थिक अनियमितता भएको भन्दै व्यवसायीबाट २ महीनासम्म सञ्चालन भएको आन्दोलनलाई संयोजन गरेको थियो ।

 निजीक्षेत्रका व्यवसायीको आन्दोलनपछि सरकारद्वारा गठित छानबिन समितिले बोर्डमा व्यापक अनियमितता भएको निष्कर्ष निकालेको थियो । सो आरोपमा मुछिएका बोर्डका तत्कालीन निमित्त प्रमुख कार्यकारी सुवास निरौला हाल निलम्बित छन् ।


  •  
  •  
  •