लुक्लामा पर्यटक अलपत्र

68
  •  
  •  
  •  

सोलुखुम्बु, ७ भदौ : सोलुखुम्बीको लुक्लामा रहेको तेञ्जिङ–हिलारी विमानस्थलमा उडान नहुँदा लक्लामा रहेका पर्यटक अmपत्र परेका छन् । सो विमानस्थलबाट विगत ५ दिनदेखि कुनै पनि उडान भएका छैनन् ।
बिहानदेखि साँझसम्म बाक्लो कुहिरो तथा वर्षासमेत हुने गरेकाले गत ३ गतेदेखि लुक्लामा कुनै उडान हुन नसकेको हो । पर्यटकीय सिजन सामान्य रहेको भए पनि यसबेला लुक्लामा करिब डेढ सय पर्यटक उडानको पर्खाइका रहेका छन् । उनीहरुमध्ये धेरै अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ भइसकेकाले समस्या भएको बताउँछन् ।
मौसममा सुधार हुने आशामा पर्यटक दिनभर विमानस्थल आसपासमा रहने गरेको भए पनि मौसम खराबीका कारण समस्या भएको विभिन्न एयरलाइन्सहरुले बताएका छन् । उडान हुन नसक्दा नजिकिँदो पर्यटकीय मौसमका लागि खाद्यान्नलगायतका आवश्यकीय सामग्री ढुवानीका लागिसमेत समस्या सिर्जना भएको छ । सो विमानस्थलबाट तारा, सीता, नेपाल एयरलाइन्स र सिम्रकले उडान भर्दै आएका छन् ।

 


  •  
  •  
  •