काठमाडौं, २३ जेठ (ओएनएस) । सर्वोच्च अदालतले पर्यटन बोर्डमा केही दिन अघिसम्म आन्दोलन गरिरहेका आन्देलनकर्ताहरूलाई बाटोको म्याद बाहेक तीन दिन भित्र अदालतमा उपस्थित हुन आदेश जारी गरेको छ । पर्यटन व्यवसायी बिबेक आलेको अवहेलना मुद्दामाथि सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र समशेर जवराको एकल इजलासले उक्त आदेश दिएको हो ।
पर्यटन बोर्डमा भएको आन्दोनले व्यवसायीहरू मारमा परेका भन्दै उक्त आन्दोलन बन्द गर्न माग गर्दै यस अघि व्यवसायी आलेले सर्वोच्चमा रिट दायर गरेका गरेका थिए । आन्दोलनरत पक्षका रमेश धमलासमेतलाई विपक्षी बनाई दिइएको सो रिटमा न्यायाधीश सुशिला कार्कीको ईजलासले जेठ १२ मा दुवै पक्षलाई अदालत हाजीर हुन र त्यतिन्जेल आन्दोलन नगर्न जेठ २ मा नै अन्तरिम आदेश दिएको थियो । तर, उक्त अन्तरिम आदेशको उल्लंघन गर्दै आदोलनरत पक्षले आन्दोलन बन्द नगरको र जेठ १२ मा अदालतमा हाजीर हुन पनि नगएपछि पुन आलेले अदालतको आदेश पालन नगरेको भन्दै अवहेलना मुद्दा दायर गरेका थिए ।
सर्वाेच्चको बुधबारको फैसलाले विपक्षीसँग प्रत्यिूतर मागेको छ । ‘निवेदकको माग बमोजिम अदालतको अवहेलनामा किन कार्वाही र सजाँय हुन नपर्ने हो ? सजाँय हुन नपर्ने कुनै कारण र प्रमाण भए यो आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक तीन दिन भित्र अदालतमा उपस्थित हुनु’, आदेश पत्रमा भनिएको छ ।