पर्यटन बोर्ड खुलाउन अख्तियारको चासो

72
  •  
  •  
  •  

काठमाडौं, ४ असार (ओएनएस) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  तीनदिनभत्रि खुलाउन निर्देशन दिएको छ । व्यवसायीको आन्दोलनका कारणा विगत ५२ दिनदेखि ठप्प पर्यटन बोर्ड खुलाउन अख्तियार निर्देशन दिएको हो ।

अख्तियारले वार्ड नखुलाए संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव र बोर्ड अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

पर्यटकलाई सुविधा दिनुपर्ने निकाय बन्द हुँदा पनि मुकदर्शक भएको तथा समस्या समाधानमा प्रयास नगरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अख्तियारले तीन दिनभित्र समस्या समाधान गरेर बोर्ड सुचारु गराउन पर्यटन सचिवलाई पत्राचार गरेको हो ।

तीन दिनभित्र समस्या समाधान गरिएमा तालुक मन्त्रालयका पदाधिकारी, नेपाल पर्यटन बोर्डका पदाधिकारीहरु तथा यससँग सम्बन्धित अन्य पदाधिकारीहरु उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम कारबाही अगाडि बढाइने अख्तियारले जनाएको छ ।

पर्यटन व्यवसायीहरुको आन्दोलनका कारण बोर्ड लामो समयदेखि ठप्प भएपछि ध्यानाकर्षण भएको अख्तियारले जनाएको छ ।

पर्यटक र पर्यटन व्यवसायीलाई प्रदान गर्ने सेवा भएको, कर्मचारीले कार्यालय बाहिरै हाजिर गरेर हिंड्ने गरेको, प्रमुख कार्यकारी अधिकृत महिनौंदेखि कार्यालयमा नआएको, पर्यटन व्यवसायीसँग उठाएको राजश्व मनपरी खर्च भएको उजुरी आएको अख्तियारको विज्ञप्तीमा उल्लेख छ ।


  •  
  •  
  •