पर्यटन विभाग १६ बर्षपछि पुनः सञ्चालनमा

89
  •  
  •  
  •  

काठमाडौं, ४ असोज (ओएनएस)ः पर्यटन विभाग बन्द भएको सोह्र बर्षपछि पुन सञ्चालनमा आएको छ ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको सो विभागले शुक्रवारदेखि सेवा सुचारु गरेको हो । भृकुटीमण्डपस्थित पर्यटन उद्योग महाशाखा रहेको भवनमा विभाग स्थापना गरिएको छ ।

सरकारले डेढ महिना अघिको मन्त्रीपरिषदको बैठकबाट लामो समयदेखि बन्द रहेको विभाग पुन सञ्चालन गर्ने निणर्य गरेको थियो ।

सरकारको प्राथमिकता प्राप्त पर्यटन क्षेत्रका कार्यक्रमलाई अझ व्यवस्थित गरी अपेक्षित प्रतिफल हासिल गर्न विभाग पुन सञ्चालनमा ल्याइएको बताइएको छ ।

साथै पर्यटन क्षेत्रका नीति तथा कार्यक्रमको प्रभावकारी  कार्यान्वयन ,समन्वय र पर्यटन पूर्वाधार विकासलाइ ध्यानमा राखी पुनः विभाग स्थापना गरिएको पर्यटनमन्त्रालयले जानकारी दिएको छ ।  विभागको पर्यटनमन्त्री दीपकचन्द अमात्यले उद्दघाटन गरे ।


  •  
  •  
  •