निरौला निलम्वित, कार्यकारी सिइओमा थापा

127
  •  
  •  
  •  

काठमाडौं १३ कात्तिक (ओएनएस) : पर्यटन बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई निलम्वन गरिएको छ । बिहीवार बसेको पर्यटन बोर्डको सञ्चालक समितिले निरौलालाई निलम्वन गर्ने निणर्य गरेको हो ।

संसदको लेखा समितिले भ्रष्ट्राचार आरोपमा निलम्वन गर्न निर्देशन दिएको थियो ।
निरौलालाई निलम्वन गर्न पर्यटन बोर्ड सञ्चालक समितिको बैठक बिहिवार बिहान पर्यटन मन्त्रालयमा बसेको थियो ।

निमित्त प्रमुख कार्यकारी अधिकृतमा थापा

सञ्चालक समितिले पर्यटन बोर्डमा नन्दिनी लाहे थापालाई निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।
समितिले अध्यागमन विभागका महानिर्देशकलाई सञ्चालक समितिको सदस्य सचिव तोकेको छ ।

करोडौँ रकम अनियमितता गर्नमा प्रत्यक्ष संलग्न देखिएको भन्दै व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले निरौलालाई कात्तिक ९ गते देखि लागु हुने गरि निलम्बन गर्न निर्देशन दिएको थियो ।

निरौलाले भने लेखा समितिले आफ्नो काम गर्ने र आफूले आफ्नो काम गर्ने भन्दै समितिलाई नै सार्वजनिक चुनौती दिदै आएका थिए ।


  •  
  •  
  •  

Comments are closed.