काठमाडौ, ६ कात्तिक (ओएनएस) भ्रष्टाचारको आरोपमा ब्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले कारवाहीको लागि निर्देशन दिएका नेपाल पर्यटन बोर्डका कामु कार्यकारी निर्देशक सुवास निरौलाले समितिले आफ्नो क्षेत्राधिकार नाघेको दावी गरेका छन ।
बिहीबार रिपोर्टर्स नेपालमा पत्रकार सम्मेलन गरेर उनले आफूले संसदीय समितिको सम्मान गर्ने भए पनि क्षेत्राधिकार नाघेर निर्देशन दिएकोले आफूले काम नछाड्ने स्पष्ट पारे ।निरौलाले अदालतमा विचाराधिन विषय भएकोले त्यसको विषयमा कुनै पनि निकायले कुनै निर्णय गर्न नसक्ने ठोकुवा गर्दै अदालतले गर्ने फैसला भने आफूलाई स्विकार्य हुने बताए ।
अर्को संबैधानिक निकाय महालेखा परिषकले आर्थिक कारोवारको विषयमा हेरिरहेको अवस्थामा अर्को निर्देशन आउनु उचित नहुने भन्दै लेखासमिति पूर्वाग्रही भएको आरोप लगाए । उनले लेखा समितिका सदस्यहरुलाई आफ्ना झगडियाहरुले प्रभावमा पारेर निर्णय गर्न लगाएकोले त्यसलाई मानेर पद नछाड्ने निरौलाले स्पष्ट पारे ।
Comments are closed.