ओलम्पिक टर्च र्‍याली शुरू

88
  •  
  •  
  •  

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को ओलम्पिक टर्च र्‍याली शुक्रबारदेखि स्वयम्भूबाट शुरू भएको छ ।
बिहान राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले टर्च प्रज्वलनगरी पूर्व ओलम्पियनको समुहलाई हस्तान्तरण गरेका हुन् ।

र्‍यालीमा सहभागि ओलम्पियनको समूहले स्वयम्भू तीन चोटी परिक्रमा गरी प्रदेश नम्बर एकको राजधानी विराटनगर प्रस्थान गरेको छ ।

र्‍याली काठमाडौं विराटनगर, जनकपुर, हेटौडा, चितवन, लम्बिनी, बुटवल, सुर्खेत, नेपालगञ्ज, धनगढी, पोखरा हुँदै मंसिर १५ गते पुनः काठमाडौं आइपुग्नेछ ।

टर्च र्‍यालीको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघलाई दिएको छ । टर्च र्‍यालीमा करातेका दिपक श्रेष्ठ सहित १३ खेलाडीको सहभागि रहेको छ ।


  •  
  •  
  •