स्पेनिस ला लिगामा शीर्ष तीन टोली विजयी

180
  •  
  •  
  •  

LaLigaकाठमाडौँ, १९ वैशाख(एजेन्सी) : स्पेनिस ला लिगा अन्तर्गतको गयराती सम्पन्न खेलमा शीर्ष टोलीले आ-आफ्ना खेलमा जित हासिल गरेका छन् ।

गयराती सम्पन्न खेलहरूमा बार्सिलोना, एथलेटिको मड्रिड, रियल मड्रिड विजयी भएका छन् । लिग लिडर बार्सिलोनाले रियल बेटिसलाई २-० गोलअन्तरले पराजित गरेको थियो । बार्सिलोनाका राकेटिकल खेलको ५० औँ मिनेटमा पहिलो गोल गरेका थिए भने ८१ औँ मिनेटमा लुसइ स्वारेजले गोल गरेपछि बार्सिलोनालाई २-० को जित दिलाएका थिए ।

त्यसैगरी गयराती भएको अर्को खेलमा एथ्लेटिको म्याड्रिडले पनि रायो भालकानोलाई १-० ले पराजित गरेको थियो । एथ्लेटिको मड्रिडका लागि एन्टोनी ग्राइजेम्यानले खेलको ५५ औँ मिनेटमा गरेको गोल गरेका थिए ।

यस्तै, गएराती भएको खेलमा रियल म्याड्रिडले रियल सोसिडाडलाई १–० ले हरायो । रियलका लागि खेलको ८० औ मिनेटमा ग्यारेथ बेलल गोल गरेका थिए ।

जितपछि बार्सिलोनाको ३६ खेलबाट ८५ अंकका साथ शीर्ष स्थानमा कायमै छ ।

समान खेलबाट ८५ अंक जोडेको एथ्लेटिको मड्रिड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ भने ८४ अंक रहेको रियल मड्रिड तेस्रो स्थानमा रहेको छ ।


  •  
  •  
  •