शीर्ष नेताहरू सहमतिका लागि दौडधुप गर्दै

134
  •  
  •  
  •  

काठमाडौ, ५ माघ(ओएनएस) : दलहरूबीच आइतबार भएको छलफल सकारात्मक भएको दावी गरेका प्रमुख ३ दलहरूसहित मधेसी मोर्चाबीच आज पनि छलफल गर्दै छन् ।

आइतबार अधिकांश विषयमा सहमति भइसकेको र बाँकी विषयमा सहमति जुटाउने प्रयास गरिने नेताहरुको भनाइ छ । संघीयताबाहेक शासकीय स्वरुप, न्याय तथा निर्वाचन प्रणालीमा सहमति भइसकाले आज त्यसलाई औपचारिकता दिने तयारी दलहरुको छ ।

४ शक्तिको संयुक्त बैठक बिहान ९ बजे बोलाए पनि त्यसअघि शीर्ष नेताहरुबीच छुट्टाछुट्टै पनि छलफल हुने भएको छ ।


  •  
  •  
  •