यी हुन् विश्वका अनौठा मोबाइल…(फोटोफिचर)

286
  •  
  •  
  •  

काठमाडौ, ६ भदौ(एजेन्सी) : स्मार्टफोन निर्माण हुनुभन्दा पहिले यस्तो समय थियो जब फोनमा टच स्क्रिन थिएन र कुनै इन्टरनेटसँग जोड्ने सुविधा थिएन, तर पनि केही मोबाइलहरू निकै लोकप्रिय भएका छन् ।
आफ्नो समयमा निकै चर्चित भएका यी मोबाइलले केही न केही नयाँ प्रविधीको प्रयोग गरेकै थिए । आज यस्ता केही मोबाइलका बारेमा जानकारी लियौ ।

१. नोकिया एन गेज
top-mobile-phones-from-pastसायद केही मानिसहरूलाई नोकियाको यो मोबाइल देखेर अचम्म लाग्न सक्छ, तर यी नोकियाको सबैभन्दा चर्चित मोबाइलका रूपमा चिनिन्छ । यी कम्पनीको तर्फबाट आएका केहि चर्चित मोबाइलमध्येको एक थियो । नोकियाको यो मोबाइल खास गरी गेमिङ्गको लागि बनाइएको थियो । आफ्नो समयमा यो मोबाइल निकै चर्चित थियो ।

२. नोकिया ११००
top-mobile-phones-from-past1नोकिया ११०० मोबाइल सायद हामीमध्ये धेरैलाई याद होला र केहीले चलाएका पनि छौ होला । यो मोबाइल फोन भारत तथा नेपालमा निकै चर्चित बनेको मोबाइल हो । यसका साथै यो मोबाइल यसमा भएको टर्च लाइटका कारण निकै चर्चित थियो ।

३. नोकिया २३००
top-mobile-phones-from-past2नोकियाको यो मोबाइल खासगरी आफ्नो डिजाइनका कारण चर्चामा थियो । डुअल किप्याडका कारण यो मोबाइल निकै चर्चित थियो ।

top-mobile-phones-from-past4४. नोकिया ९०००
आफ्नो डिजाइन र ३९७ ग्राम तौलका साथ बजारमा आएको यो मोबाइल धनीहरूको पहिचान बनेको थियो । यस फोनमा क्याल्कुलेटर, क्यालेण्डर जस्ता सामान्य सुविधा थिए । उक्त समयमा यो व्यापारीको लागि निकै राम्रो मोबाइल थियो । यस मोबाइलमा भिडियो समेत प्ले गर्न सकिन्थ्यो । अझ अनौठो कुरा त यसको मूल्य हो, यसको मूल्य त्यतिबेला पनि करिब ८ सय डलर थियो ।

५. मोटो रेजर
top-mobile-phones-from-past5यो मोबाइलको चर्चा पनि यसको स्टाइलिस लुकका कारण चर्चामा थियो । उक्त समयमा यो निकै राम्रो मोडेलको मोबाइल थियो । भि ३ कम्पनीले करिब १३० मिलियन मोटो रेजरका मोबाइल सेट ४ वर्षभित्र बेचेको थियो । यो मोबाइल सबैभन्दा धेरै बेचिएको मोबाइल फोन मध्ये एक हो ।

६. मोटो मिङ्ग
top-mobile-phones-from-past6मोटो मिङ्ग फोन मोटोरोलाले बजारमा ल्याएको सबैभन्दा राम्रो टच स्क्रिन फोनमध्येको एक थियो । यो फोन स्टाइलिश पनि थियो । यसमा टचका लागि पेन डिभाइस समेत दिइएको थियो ।

 


  •  
  •  
  •