‘शीर्ष नेता नै सहमतिका बाधक’

127
  •  
  •  
  •  

4 dal
फाइल फोटो

काठमाडौं, २९ चैत (ओएनएस) :  प्रमुख दलका शीर्ष नेताहरुको औपचारिक बैठक अब सहमति घोषणा गर्ने दिन मात्र बस्ने भएको छ । यसअघिका बैठकमा शीर्ष नेताहरु आ–आफ्ना अडानमा रहने र सहतिमा हुन नसकेको भन्दैे दोस्रो तहका नेताहरुले वार्ता र छलफल गरिरहेका छन् ।

हामी दोस्रो तहका नेताहरुबीचको वार्ता सकारात्मक ढंगले अघि बढेको छ’ एक प्रमुख सचेतकले भने, ‘अहिले नै शीर्ष नेताहरुबीच औपचारिक बैठक डाकिदिदा फेरी नेताहरुले पुरानै अडान दाहोर्याउने र सहमति भाडिने भएकाले औपचारिक बैठक नडाक्न सभामुख र प्रधानमन्त्रीलाई भनेका हौं ।’

कांग्रेसमा कानुनमन्त्री नरहरि आचार्य, बनमन्त्री महेस आचार्य, प्रवक्ता दिलेन्द्र बडु र ंनेता रमेश लेखकले वार्ता प्रक्रियामा सहभागि जनाइरहेका छन् । यस्तै एमालेबाट उपाध्यक्ष भीम रावल, प्रमुख सचेतक अग्नी खरेल र नेता सुरेन्द्र पाण्डेले सहमतिका प्रयास अघि बढाइरहेका छन् भने एकीकृत नेकपा माओवादीबाट महासचिव कृष्णबहादुर महरा, नेताहरु टोपबहादुर रायमाझी, शक्ति बस्नेत र सचिव तथा प्रमुख सचेतक गिरिराजमणि पोखरेलले सहमतिको प्रयास गरिरहेका छन् ।

केही दलका प्रमुख सचेतकहरुले त दोस्रो तहमा भइसकेका सहमति समेत शीर्ष नेताले उल्टाउने वा नमान्ने गरेको भन्दै त्यस्तो नगर्न भनिदिन सभामुखलाई सन्देश पठाउने गरेका छन् । ‘हामीले गरेका सहमति उल्टाइदिने तथा त्यसलाई नमानेर पुरानै अडानमा बस्ने समस्या नेताहरुमा देखिएको छ’ ती प्रमुख सचेतकले भने, ‘त्यसैले शीर्ष नेताहरुसँग वार्ता चलिरहेकाले सभामुखले शीर्ष नेतालाई सम्झाइदिउन भनेर तपाईहरुमार्फत सन्देश पाउन चाहन्छु ।’

प्रमुख सचेतकहरुको सुझावमा सभामुख सुवास नेम्बाङले शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेट गरेका छन् । ‘शीर्ष नेताको बैठक अगाडी राखिदिदा शीर्ष नेताले आ–आफ्ना पोजिशन बनाउने र सहमति नैं बिग्रने खतरा हुन्छ भनेर प्रमुख सचेतकहरुले भनेका छन् ।’ उनले भने, ‘त्यसैले शीर्ष नेताहरुसँग मैले छुट्टाछुट्टै छलफल गरिरहेको छु ।’ उनले विगतमा दुई घण्टामा सहमति हुन्छ भन्ने गरेका नेताहरुले अहिले सहमति ‘क्लीक’ हुन मात्र बाँकी रहेको बताउने गरेको बताए ।

‘नेताहरु छुट्टाछुट्टै आउँदा सहमति नजिक पुगेको र अब ‘क्लीक’ गर्न मात्र बाँकी रहेको बताउने गरेका छन्’ उनले भने, ‘विपक्षी दलका नेताले पनि अब सहमतिका लागि ‘क्लीक’ गर्न मात्र बाँकी रहेको दोहोर्याउनु भएको छ ।’

सभाध्यक्ष नेम्बाङसँग आइतबार नैं दिउँसो भेटेर प्रंधानमन्त्री सुशील कोइरालाले पनि केही दिन भित्रै सहमति हुने वातावरण निर्माण भएको बताएका थिए । उनले सभाध्यक्षका तर्फबाट समन्वयात्मक भूमिकाको अपेक्षा गरेको बताएका थिए ।

सभाध्यक्ष नेम्बाङले आइतबार विहान नै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि आफ्नै कार्यकक्षमा भेटेका थिए । उनले ‘सहमति गराउन सक्छु’ भन्ने देखाउन आग्रह गर्दै अब सहमति नभए देश थप समस्यामा फस्ने भन्दै ओलीलाई पहल कदमी लिन आग्रह गरेका थिए । ओलीले पनि आफू सहमतिकै पक्षमा रहेको भन्दै अरुले भनेअनुरुपम मात्र सहमति सम्भव नहुने भएकाले अहिलेसम्मका वार्ता सार्थक निश्कर्षमा पुग्न नसकेको बताएका थिए ।


  •  
  •  
  •