शीर्ष नेतहरु छलफलमा

221
  •  
  •  
  •  

काठमाडौं १८ मंसिर (ओएनएस) : दलहरुबीच लामो समयदेखि अड्कीएको विवादको गाठोको खुकुलो भएपनि फुक्न सकेको छैन । गतिरोध तत्काललाई तोडिएपनि विवाद यथावत रहेका छन् । संविधानसभाको राजनीतिक सम्वाद तथा सहमति समितिले समितिका आएका प्रतिवेदनहरु संविधानसभामा पेश गर्न तयार दलहरु त्यसको भाषा र प्रक्रियाका विषयमा फेरि छलफलमा जुटेका छन् ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा देखिएका सबै अवरोध टुंगो लगाउने जिम्मा सभापति डा बाबुराम भट्टराईलाई दिएका दलहरु छलफलमा जुटेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा हुने शीर्ष नेताहरुको छलफलमा प्रतिवदेनको भाषा, सहमतिको समयसीमा र कार्यतालिका विषयमा छलफल हुनेछ ।

राष्ट्रिय सरकार गठन पनि छलफलको एजेण्डा बन्नेछ । सत्तारुढ दलहरुले एकिकृत माओवादीसहित मधेस केन्द्रीत दलहरुलाई पनि सरकारमा ल्याउने पहल गरिरहेका छन् । भट्टराईले भोलिसम्ममा प्रतिवेदन संविधानसभामा पठाउने तयारीस्वरुप आज आफ्नो तर्फबाट पनि छलफल तथा परामर्श जारी राख्ने उनको सचिवालयले जनाएको छ ।

यसअघि संविधानसभाले कात्तिक १६ गते संविधानसभाका प्रतिवेदन बुझाउने निर्देशन दिएको थियो । समितिले एक महिना २ दिन ढिला गरी बिहीबार संविधानसभामा आफ्नो प्रतिवेदन बुझाउने भएको छ । प्रतिवेदन बुझाउने सहमति भए पनि प्रतिवेदनमा के लेख्ने भन्ने विषयमा भने कुनै सहमति भएको छैन् । भट्टराईलाई स्वविवेक प्रयोग गर्ने अधिकार दिएपनि प्रतिवेदनमा सबैले चित्त बुझाउन कठिन देखिन्छ ।


  •  
  •  
  •