रेडियो सुन्ने प्रचण्ड, शिर्षक मात्रै हेर्ने खनाल, रिसाउने देउवा !

70
  •  
  •  
  •  

काठमाडौं,१८ भदौ(ओएनएस) : नेताले के गर्छन्, कसो गर्छन् ? भन्ने विषय आम नागरिकलाई चासो त हुनेनै भयो । त्यसमा पनि शीर्ष नेता र पूर्वप्रधानमन्त्री जमघट भेट भएर के गफ गर्दा हुन् ? बिहान दोखला जान हिडेका तीन जना पूर्वप्रधानमन्त्री त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक छिन गफिए ।

हेलिकप्टरबाट दोलखा जान पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल विहान ८ बजेर ४० मिनेटमै विमानस्थल पुगिसकेका थिए । पूर्व प्रधानमन्त्री तथा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ८ बजेर ५० मिनेटमा पुगे । ९ बजे उड्ने भने पनि पूर्व प्रधानमन्त्री तथा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा ९ बजे ‘लौ है केही ढिलो भयो’ भन्दै पुगे ।

दिनमा १० कफ कफी

ढिलो पुगेका देउवाले झलनाथ खनाललाई सोधे,‘ आजकल के गर्नु हुन्छ ?’ खनालले जवाफ पर्काए,‘ खासै त्यस्तो छैन किताब पढ्छु, कार्यक्रममा बोलाउछन् जान्छुँ,संविधानको छलफल छ त्यसैमा जान्छुँ ।’ लगत्तै खनालले देउवालाई सोधे,‘तपाई संविधान बनाउने काममा पनि त्यति आउनु हुन्न, के गर्नुहुन्छ ।’ देउवाले भने,‘ बुढाले (सभापति सुशील कोइरालाले) बोलाए जाने हो, आफैं खोजेर गईदैन ।’ देउवा कफीको सौखिन रैछन् ।

उनले दिनमा १० कप कफी खाने र जति तितो कफी त्यति नै फ्रेश हुने सुनाए र कुराकानीकै बीचमा कफी मगाए । सबै नेताले बिहान हल्का नास्ता गरेर हिड्ने गरेको पनि सुनाए । बीचैमा प्रचण्डले फर्कन ढिलो हुन्छ की भन्दै चिन्ता व्यक्त गरे । जवाफमा देउवाले भने,‘ के तपाईँ नभएर सहमति हुँदैन ?’ प्रचण्डको भनाई थियो,‘अस्ति नै जाने भनियो र आएको यता संबैधानिक समिति बसिरहेको छ हुन त भनेर आएको छुँ । ’

रेडियो सुन्ने प्रचण्ड, शिर्षक मात्रै हेर्ने खनाल, रिसाउने देउवा

सामुदायिक रेडियो प्रसारक संघको साधारणसभामा दोलखा जान लागेका तीनै जना पूर्व प्रधानमन्त्रीले मिडियाका बारेमा समान्य छलफल गरे । देउवाले फाइदा त मिडियामा पो रहेछ भनेर सुनाए । झलनाथले किन ? भनेर प्रश्न गरेपछि देउवाले विस्तार लगाए,‘ पत्रकारलाई तलब दिनै नपर्ने , मलिक भने गाडी चढ्नै नछाड्ने मलाई त गज्जब फाइदा पो लाग्यो ।’ त्यसै प्रसँगमा देउवाले झलनाथलाई पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ भनेर सोधे ‘आजकल खासै पत्रिका पढ्दिन, चासो लागे पढ्छु होइन भने शिर्षक मात्रै हेर्छु ।’ प्रचण्डले भने विहान रेडियो सुन्ने गरेको बताए ।

सबै पत्रिकाका समाचार रेडियोले भन्छन । किन पढ्नु पत्रिका ?’ देउवाले पनि आफ्नै पारामा भने,‘ म पनि पढदिन के के लेखेका हुन्छन् मलाई मनै पर्दैन त्यै भएर खासै हेर्दिन ।’

छलफलमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पनि प्रसंग निस्कियो । अनौपचारिक छलपफलमा संविधान निर्माणको कुनै प्रसंग निस्किएन । तर दोलखा गएर सार्वजनिक रुपमा तीन शिर्ष नेताले तोकिएकै समयमा संविधान आउने दाबी गर्न भ्याए ।


  •  
  •  
  •