‘फुट्ने–जुट्ने काम भईरहन्छ, कसैको ठेक्का लिन सकिदैन’

187
  •  
  •  
  •  

काठमाडौ, २५ चैत (ओएनएस) : एकीकृत नेकपा माओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले एउटै दलमा त पूर्ण सहमति हुन नसकिरहेको अवस्थामा तीस दलको मोर्चामा विबाद आउन, विभाजन हुनु स्वभाविक भएको बताएका छन ।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘हामीले एउटा उद्देश्य प्राप्त गर्न को लागि मोर्चा बनाएका हौ । कुरा मिल्दासम्म एकै ठाँउ बस्ने हो नमिले अलग हुने हो । फुट्ने जुट्ने काम भईरहन्छ । कसैको ठेक्का लिने काम सकिदैन ।’

रायमाझीले केही मधेसवादी दलहरुले बन्द फिर्ताको विरोध गरिरहेको र मोर्चा छाड्ने भनि अभिब्यक्ति दिईरहेको प्रति लक्षित गर्दै यो ठूलो कुरा नभएको बताए ।

उनले सत्तारुढ दलका धेरै नेताहरु सहमतिको पक्षमा भएको र सहमतिकै लागि संविधानसभाको बैठकपनि स्थगित गरेकोले बातावरण निर्माणको लागि आफूहरुले आमहडताल फिर्ता लिएको जानकारी दिदै दलहरुवीच एक प्रतिसतमात्र सहमति हुन बाँकी रहेकोले राष्ट्र र जनतालाई केन्द्रमा राखेर बसे सहमति हुने विश्वास ब्यक्त गरे ।

उनले दलहरुवीच मुठभेढड र झगडा लगाएर अर्को ब्यवस्था लागु गर्ने षडयन्त्र भईरहेकोले त्यसप्रति सचेत हुन आग्रह गर्दै दलका नेताहरुलाई कुनै एक जिल्ला पकडेर जिल्लाको भन्दा देशको नेता हुने भावनाबाट उठ्न आब्हान गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले विपक्षी मोर्चाले आन्दोलन फिर्ता लिएपछि सहमतिको बातावरण बनेको भन्दै चैत्र ३० गतेभित्र गहन छलफल गरेर सहमतिमै संविधान जारी गर्न अधिकतम प्रयत्न गर्नु पर्ने आवश्यकता औल्याए ।

उनले प्रक्रिया सुरु गर्ने नाममा धु्रविकरण गर्ने र सहमतिको नाममा प्रक्रिया छाडेने काम अलोकतान्त्रिक भएको भन्दै कुन दलले हार्ने र जित्न भन्दा पनि देश नहार्ने गरी सहमतिका साथ अघि बढ्न दलहरुलाई आग्रह गरे ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आगामि चैत्र ३० गते सम्म सहमतिको लागि घनिभुत प्रयास गर्नु पर्ने आवश्यकता औल्याउँदै फेरि पनि सहमति हुन नसके संविधानसभा नियमावली अनुसार प्रक्रिया अघि बढ्ने स्पष्ट पारे ।

उनले राष्ट्रिय हित, विगतका सहमति र राष्ट्रिय एकता कायम राख्नेगरी एमाओवादी आए तुरुन्तै सहमति बन्ने ठोकुवागर्दै जातीय राज्य बनाउने अडान नछाडे तुरुन्त प्रक्रिया अघि बढ्न बताए।

रावलले संघीयतामा सहमति नभए संविधानसभामा विद्येयक पेश नगरुन्जेलसम्म पनि सहमितको सम्भावना कायमै रहने भएकोले छलफलमा आउन आब्हान गर्दै अन्यथा देशलाई सहमतिको नाममा अनन्तकालसम्म बन्धक बनाएर राख्न नसकिने स्पष्ट पारे ।

नेकपा–माओवादीका सचिव देब गुरुङ्गले यो संविधानसभाबाट नेपाली जनताको चाहना अनुसार संविधान आउनै नसक्ने ठोकुवा गर्दै सबै दलले स्वामित्व लिने गरी सर्वदलीय छलफल गरेर ठोस प्रक्रियाबाट संविधान बनाउनु पर्नेमा जोड दिए ।


  •  
  •  
  •