‘५ जिल्लामा ओली र देउवाको अडानले संघीयतामा विवाद’

160
  •  
  •  
  •  

top-rayamajhiकाठमाडौं, १५ फागुन (ओएनएस) : एमाओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले एमाले अध्यक्ष केपी ओलीले पूर्वका झापा र मोरङ्गमा र कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली र कञ्चनपुरमा अडान राखेका कारण संघीयतामा सहमति हुन नसकेको जिकिर गरेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा रायमाझीले भने, ‘ओलीजी र देउवाजीले यस्तो अडान लिन सुहाउँदैन, उहाँहरु त सिँगो राष्ट्रको नेता हो, भोलिको प्रधानमन्त्री र पार्टी सभापतिको दाबेदारले एउटा जिल्ला पक्रेर बस्न मिल्दैन ।’

पाँच जिल्लाबाहेक विषयमा सहमति भैसकेको रायमाझीको दाबी थियो । उनले भने,‘संविधानका अन्र्तवस्तुमा सहमति भैसकेको छ, कांग्रेस, एमालेका केही नेताहरुको अतिवाद सोचले गर्दा विवाद देखिएको हो ।’ उनले सत्तापक्ष र विपक्षी मोर्चावीच अहिले पनि वार्ता भैरहेको भन्दै अबको एक दुई दिनभित्रै निर्णायक वार्ता हुने दाबी गरे ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले आफ्नो पार्टी अझैपनि सहमतिबाटै संविधानजारी गर्ने पक्षमा रहेको स्पष्ट पारे ।  श्रेष्ठले आफ्नो पार्टीका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले पनि सहमतिहोस भनेर नै दुईपटक सम्मविपक्षीलाई वार्तामा बस्नआह्वान गरेको उल्लेख गर्दै वार्ताबाटै सबै कुराको टुङ्गो लगाउनुपर्ने बताए ।

उनले एमाओवादी नेतृत्वको ३० दलीयमोर्चाले आह्वान गरेको भोलिको बन्दफिर्ता गरेको भए सहमति खोज्न अझ धेरै मद्यतपुग्ने विश्वास व्यक्तगर्दै भने,‘एमाओवादीले आन्दोलनफिर्ता लिएको भए राम्रो हुन्थ्यो , हुन त भोलिको आन्दोलनमा ३० पार्टीका कार्यकर्ता आउने हुन्, जनता आउँदैनन् ।’

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले वार्तामा बस्नुभन्दा अघि कुनै पनि शर्त अमान्य हुने भन्दै आफूहरुनिशःर्त वार्तामामात्रै सहभागी हुने स्पष्ट पारेका छन् । उनले वार्ताबाटै सबै कुराको टुँग्गो लगाउनुपर्ने भन्दै राष्ट्रियतामाथि खतरा हुने, देशमाजातीय हिंसा फैलाउने खालका विषयमा आफूहरु कुनैपनि हालतमा सम्झौता नगर्ने जिकिर गरेका छन् ।

सञ्चारकर्मीको कहिलेसम्म सहमति हुन्छ त भन्ने जिज्ञासामा उपाध्यक्ष ज्ञवालीले मिति तय गर्नुभन्दा पनि पहिले वार्तामा बस्नुपर्ने बताए । उनले भने,‘ टुँडिखेलको मैदानबाट संविधान बन्दैन, अहिले आन्दोलन गर्ने समय पनि होईन ।’


  •  
  •  
  •