को–को हुन् उत्कृष्ट १० सभासद ?

181
  •  
  •  
  •  

तस्विर : न्युजभित्ता डट कम
तस्विर : न्युजभित्ता डट कम

काठमाडौ, १ माघ (ओएनएस) : अनलाइन भोटिङको आधारमा चुनिएका उत्कृष्ट १० सभासदको नाम घोषणा गरिएको छ ।  न्युजभित्ता डट कमले आइलाइन भोटिङको आधारमा उत्कृष्ट १० सभासद छनोट गरी घोषणा गरेको हो ।

उत्कृष्टको सुचिमा एमालेका ४ सभासद छन् भने काँग्रेसका ३ सभासद रहेका छन् । यस्तै एमाओवादी, राप्रपा नेपाल र जनमोर्चा नेपालका एक–एक सभासद छन् ।

जसमा एमालेका केपी ओली, गोकर्ण विष्ट, रविन्द्र अधिकारी र विकास लम्साल छन् । यस्तै काँग्रेसका अर्जुननरसिंह केसी, चन्द्र भण्डारी र गगन थापा पनि उत्कृष्ट दशको सुचिमा छन् ।

एमाओवादीका डा.बाबुराम भट्टराई, राप्रपा नेपालका कमल थापा र जनमोर्चाका चित्रबहादुर केसी पनि उत्कृष्ट सभासद चयन भएका छन् ।

उत्कृष्ट ठहरिएका सबैलाई आयोजकले मायाको चिनो प्रदान गरेको थियो । अघिल्लो महिना अनलाइन भोटिङको आधारमा मत सर्वेक्षण गरि उत्कृष्ट चयन गरिएको आयोजकले जनाएको छ ।


  •  
  •  
  •