को–को परे गोल्डेन बलका १० दाबेदारको सूचीमा ?

155
  •  
  •  
  •  

काठमाडौं, २९ असार (एजेन्सी) । विश्व फुटबल महासंघ फिफाले जारी विश्वकपको सेमिफाईनलका खेल सकिएसँगै गोल्डेनबलका दाबेदार १० खेलाडीको नाम सार्वजनिक गरेको छ । फिफाले खेलका क्रममा देखाएको उच्च तथा अद्वितीय प्रदर्शनका आधारमा १० खेलाडीलाई एडिडास गोल्डेन बलका लागि मनोनयन गरेको हो ।

जसमा जर्मनीका चार, अर्जेन्टिनाका तीन तथा नेदरल्याण्ड, व्राजिल र कोलम्बियाका १–१ खेलाडी परेका छन् । अर्जेन्टिनाबाट डी मारिया, लिओनेल मेसी र मास्चेरानो, जर्मनीबाट हुम्लेस, क्रुस, फिलिप हृयाम र थोमस मुलर छन भने ब्राजिलबाट नेयमार परेका छन् । त्यस्तै कोलम्बियाका जेमस रोड्रिगुइज मनोनित हुँदा नेदरल्याण्डका आर्जेन रोविन पनि मनोनयनमा परेका छन् । यी दशमध्ये एकजनाले खेल समापन समारोहमा गोल्डेन बल पाउनेछन् ।

यसअघि सन् २०१० को विश्वकपमा उरुग्वेका डिएगो फोर्लानले गोल्डेन बल पाएका थिए भने सन् २००६ को विश्वकपमा जिनेदिन जिदानले गोल्डेन बल हात पारेका थिए ।

यस्तै फिफाले उत्कृष्ट गोलकिपरलाई दिने गोल्डेन ग्लोभ्सका लागि पनि ३ जना गोलकपिरको मनोनय सार्वजनिक गरेको छ । जसमा कोष्टारिकाका केलोर नाभास, जर्मनीका म्यानुुयल नेउर र अर्जेन्टिनाका सर्जियो रोमेरो रहेका छन् । यसैगरी प्रतियोगिताको युवा खेलाडीको सुचीमा भने नेदरल्याण्डका मेम्फिस डेप्येका साथ फ्रान्सका पाउल पोग्बा र राफेल भराने परेका छन् । आइतबार रातिको फाइनल खेलपछि उनीहरूमध्ये पुरस्कार पाउने नाम सार्वजनिक हुनेछ ।


  •  
  •  
  •