नेपालसँगको सिरिजका लागि युएईको टोली घोषणा

1030
  •  
  •  
  •  

काठमाडौं, २६ पुस(ओएनएस) : यही जनवरी अन्तिममा नेपाल र युएईबीच ओडिआई र टी–२० आई सिरिज हुँदैछ ।
घरेलु भूमिमै हुने सिरिजका लागि युएईको कप्तानी फास्ट बलर मोहम्मद नाभिदले गर्ने भएका छन् ।

नाभिद (बीचमा) photo : https://www.thenational.ae

यूएई क्रिकेट बोर्डले १६ सदस्यीय टोली घोषणा गर्दै नाभिदलाई कप्तान चयन गरेको हो । नियमित कप्तान रोहन मुस्तफा निलम्बनमा परेका बेला नाभिदले नेपालविरुद्ध कप्तानी गर्ने भएका छन् ।
मुस्तफा, अहमद राजा र रमीजशहजादलाई ८ साताको प्रतिबन्ध लगाइएको छ । नेपालले २५ जनवरीमा पहिलो, २६ मा दोस्रो र २८ जनवरीमा तेस्रो एकदिवसीय खेल खेल्दैछ । त्यसपछि ३१ जनवरी देखि ३ फेब्रुअरीसम्म तीनवटा टी–२० खेल खेल्ने तय भइसकेको छ ।
जसका लागि नेपाली क्रिकेट टिमले तयारी शुरू गरिसकेको छ भने यूएईले क्याम्पमा राखिसकेको छ ।

युएईको टोली :

मोहम्मद नाभिद (कप्तान) मोहमद उस्मान (उप(कप्तान), अस्फाक अहमद, चिराग सुरी, साइमन अनवर, मोहम्मद बुता, घुलाम शाबर, इमरान हैदर, ताहिर गुघद, अमिर हायत, जाहुर खान, क्वादिर अहमद, फहद नवाज, खब्दुर शाकुर, सुल्तान अहमद, सीपी रिजवान

नेपालको युएई टुरको तालिका

जनवरी २५, २०१९ : फस्ट ओडिआई

जनवरी २६, २०१९ : सेकेण्ड ओडिआई

जनवरी २८, २०१९ : थर्ड ओडिआई

जनवरी ३१, २०१९ : फस्ट टी–२० आई

फेब्रुअरी १, २०१९ : सेकेण्ड टी–२० आई

फेब्रुअरी ३, २०१९ : थर्ड टी–२० आई


  •  
  •  
  •