राजधानीका २० हजार घरमा छैनन् शौचालय

405
  •  
  •  
  •  

काठमाडौं, २ साउन । राष्ट्रिय सरसफाइ गुरु योजनाका साथ राष्ट्रव्यापी रुपमा सरसफाइको कार्यक्रम भइरहेका बेला काठमाडौ महानगरपालिकासहितका नगरोन्मुख क्षेत्र भने सरसफाइका अवस्थामा धेरै पछि परेका छन् ।

विकट र पिछडिएका अछाम, कालिकोट, पा“चरलगायत जिल्लाले सरसफाइमा फड्को मारेका बेला काठमाडौँ भने धेरै पछि परेको छ । सरकारले सन् २०१७ भित्र मुलुकलाई खुला दिसामुक्त बनाउने राष्ट्रिय अभियान अघि सारेर कार्यक्रम गरिरहँदा मुलुकभरका विभिन्न १५ जिल्ला, १७ नगरपालिका र १ हजार ५ सय भन्दा बढी गाविस खुला दिसामुक्त घोषणा भइसकेका छन् ।

विगत ४ वर्षदेखि सरसफाइ गुरुयोजनाका साथ काम भइरहँदा काठमाडौ“का भने यही साताभित्र बल्ल १६ गाविस मात्र खुला दिसामुक्त बनेका छन् । मंगलबार फुटुङ खुला दिसामुक्त क्षेत्र बन्यो भने बुधवार एकै दिन टोखा चण्डेश्वरी, टोखा सरस्वती र साड्ला गाविसमेत खुला दिसामुक्त भए ।

तर काठमाडौँका कुल ५७ मध्ये अन्य ४१ गाविसका २० हजार स्थानीयका घरमा अझै पनि शौचालय नबनेको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले जनाएको छ । आजको नेपालसमाचार पत्र दैनिकले समाचार छापेको छ ।


  •  
  •  
  •