कति नेपालीको घरमा चर्पी होला ?

235
  •  
  •  
  •  

काठमाडौं ३ मंसिर (ओएनएस) : विश्व चर्पी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी  मनाईदैछ । आज विभिन्न संघसंस्थाले चेतना मुलुक कार्यक्रम गर्देछन् । बिहान काठमाडौंको भृकुटीमण्डपबाट बसन्तपुरसम्म प्रभातफेरी तथा र्याली निकालिने कार्यक्रम छ भने  रत्नपार्कको सार्वजनिक शौचालय सरसफाई गर्ने कार्यक्रम समेत छ ।

यसबर्षको नारा समानता र सम्मान भन्ने तय गरिएको छ ।  अझै ३० प्रतिशत नेपालीको घरमा चर्पीको सुविधा छैन । सन् २०१७ भित्र सबै नेपालीको घरमा सरसफाई सुविधा पुर्याउने सरकारको लक्ष्य छ ।


  •  
  •  
  •