उपकुलपतिको कार्यकक्षमा तोडफोड

376
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेको छ ।

सेवा आयोगमा बसेर विश्वविद्यालय लुट्ने लाईसेन्स भएका व्यक्ति पुनःत्रिविको रजिस्ट्रार नियुक्त गरिएको आरोप नेपाल विद्यार्थी संघले लगाएको छ ।

विद्यार्थीको मागको वेवास्ता गरेका कारण तोडफोडमा उत्रनु परेको नेविसंघले जनाएको छ ।
त्रिविको रजिस्ट्रार नियुक्तिको विषयलाई लिएर नेविसंघ त्रिवि समितिले कार्यकक्ष तोडफोड गरेको उपकुलपति बास्कोटाको भनाइ छ । आफ्ना पक्षका मानिस नियुक्त नभएको भन्दै उनीहरुले तोडफोड गरेको उनको भनाइ छ ।

नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावलका अनुसार विद्यार्थीको मागलाई सुनुवाइ नगरेका कारण समस्या उत्पन्न भएको हो ।


  •  
  •  
  •