बुद्धको मूर्ति तोडफोडप्रति विरोध

334
  •  
  •  
  •  

काठमाडौं । अखिल नेपाल भिक्षु महासंघले रुपन्देहीमा पाँच वटा बुद्धमूर्ति तोडफोड घटनाको विरोध गरेको छ ।

महासंघले शनिबार एक विज्ञप्ति जारी गर्दै बुद्धको पवित्र जन्मभूमि परिसर क्षेत्रबाट हिंसात्मक गतिविधिसहित अशान्ति मच्चाउने निस्किृष्ट कार्य हुनु क्षोभपूर्ण घटनाले सम्बद्ध क्षेत्रलाई स्तब्ध तुल्याएको जनाएको छ ।

विज्ञप्तिमा महासंघका महासचिव भिक्षु कोण्डन्यले धर्मनिरपेक्ष मुलुक नेपालमा धार्मिक आस्थामाथि नै खलल पु¥याउने बदनियतपूर्ण कार्यले नागरिकको मौलिक हकहित र अधिकारमाथि ठेस पु¥याउने कार्य भएको बताएका छन् ।

विज्ञप्ति मार्फत उनले धार्मिक आस्थामा चोट पुग्ने गरी बुद्धमूर्ति तोडफोड, बिगार्ने कार्यले आपसी सौहार्द्रतामा आँच आउने निश्चित भएको बताएका छन् ।

महासचिव कोण्डन्यले यथाशीघ्र दोषी पत्ता लगाई कारवाहीको दायरामा ल्याउन सरकारसँग माग समेत गरेका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शंकरनगर चोकमा बुधबार राति पाँच वटा बुद्धको मुर्ति तोडफोड भएको थियो ।

यो पनि हेर्नुहोस्

सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ती तोडफोड

मूर्ति तोडफोडको घटनाप्रति साझा पार्टीको ध्यानाकर्षण


  •  
  •  
  •