तिहारको चौथो दिन आज गोवर्द्धन पूजा

235
  •  
  •  
  •  

काठमाडौँ, २६ कात्तिक(ओएनएस) : तिहारको चौथो दिन आज गोवर्द्धन पूजा, हिन्दु नेपालीहरुले गोबरको पर्वत बनाएर गोरुको पूजा गरी मनाउँदैछन् ।

तिहारको तेस्रो दिन धनकी देवी लक्ष्मीको पुजा आराधना गरि लक्ष्मीपुजा गरेपछि, यमपञ्चकको चौथो दिन आज घरघरमा पालिएका गोरुलाई पुजा गरि गोवर्द्धन पूजा गरिन्छ ।

आज कृषि कार्यसँग विशेष रुपमा गासिएका गाई, बाच्छा तथा गोरुलाई पुजा गरी रोटी, पीठोलगायतका खानेकुरा खुवाइन्छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जतिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको मानिन्छ । यसलाई आधुनिक विज्ञानले समेत पुष्टी गरेको छ ।


  •  
  •  
  •