थापाको निधनको शोकमा आज सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

165
  •  
  •  
  •  

फाइल फोटो
फाइल फोटो

काठमाडौ, ४ बैशाख(ओएनएस) : पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनको शोकमा सरकारले आज शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले थापाको निधनमा राष्ट्रिय शोक मनाउनका लागि सार्वजनिक बिदा दिएको हो । साथै स्वदेश तथा विदेशका सबै कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । सरकारले राजकीय सम्मानका साथ अन्तेष्टी गर्ने निर्णय गरेको थियो ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना वरिष्ठ नेता थापाको निधनमा शोक ब्यक्त गर्दै शुक्रबार राजनकीय सम्मानका साथ अन्त्येष्टि गर्न प्रस्ताव गरेको थियो ।

उनको सम्मानमा पार्टीले पनि १३ दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको छ । बिहिबार बिहान बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।

थापाको पार्थिव शरिरलाई आज १० बजेदेखी १२:३० बजेसम्म पार्टी कार्यालय चाबहिल र १ बजेदेखी ३ बजेसम्म दशरथ रंगाशालामा अन्तिम श्रद्धाञ्जलीका राख्ने पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गरेको थियो । दशरथ रंगशालामा राजकीय सम्मानका साथ नेपाली सेनाको टुकडीले सलामी दिएपछि उनको शवयात्रा सुरु हुनेछ ।

पटक–पटक गरि पाँच पटक प्रधानमन्त्री भएका थापाको उपचारका क्रममा निधन भएको हो । भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा ८८ वर्षीय थापाको बुधबार राति १०:४४ मा निधन भएको हो ।


  •  
  •  
  •