११ दिनपछि चरीको पोस्टमार्टम

156
  •  
  •  
  •  

काठमाडौं, ३१ साउन (ओएनएस) :   प्रहरी कारबाहीमा ११ दिन अघि मारिएका चर्चित डन दिनेश अधिकारी चरीको शनिबार पोस्र्टमाटम भएको छ । शिक्षण अस्पतालका डाक्टरले शनिबार पोस्टमार्टम गरेका हुन् । चरीका आफ्न्तको अनुमति नपाएपछि ११ दिनसम्म पोस्टमार्टम हुन सकेको थिएन ।
पोस्टमार्टमका लागि परिवारले सहमति दिए पनि शव भने बुझेका छैनन्। घटनामा मारिएका चरीका दाजु ध्रुब अधिकारीले गर्दै पोष्टमार्टम भए पनि आफूहरूले शव भने नबुझ्ने बताए । धुब्रका अनुसार चरीको शरीरमा सात गोली लागेको रहेछ।

परिवारले घटनाको छानविन नभएसम्म शव नबुझ्ने बताएका छन् । उनीहरुले चरीको प्रहरीले हत्या गरेको आरोप लगाउँदै आएका छन् । प्रहरीले भने जवाफी कारबाहीमा मारिएको बताएको छ । एमाले धादिङका पूर्व क्षेत्रीय उपाध्यक्षसमेत रहेका चरी एमाले अध्यक्ष केपी ओली र नेता राजेन्द्र पाण्डे निकट रहेको बताइन्छ । नेता पाण्डलगायत एमाले धादिङले चरी प्रकरणबारे छानविन हुनुपर्ने माग गर्दै आएको छ । पाण्डले सदमै यो कुरा उठाएका थिए । चरीका आफन्तले सर्वाेच्च अदालतमा शुक्रबार रिटसमेत दायर गरिसकेका छन् ।


  •  
  •  
  •