भूकम्पमा परी ज्यान गुमाउनेहरुको पहिलो वार्षिकी आज

162
  •  
  •  
  •  

काठमाडौँ, ३१ बैशाख(ओएनएस) : गत वर्षको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेहरुका आफन्तहरुले आज वार्षिकी गर्दैछन् ।

तिथि अनुसार गएको वर्षको वैशाख १२ गते बैशाख शुक्ल सप्तमी तिथि थियो । सोही अनुसार केही दिन ढिला गरी आज तिथिअनुसार विशेष गरी हिन्दू धर्मावलम्बीहरुले आज वार्षिकी गर्दैछन् ।

अन्य धर्म मान्नेले भने गते वा तारिखअनुसार फरक समयमा पनि वार्षिकी गरेको तर, हिन्दूहरुको वार्षिकी आज परेको नेपाल पंचाग निर्णायक समितिका अध्यक्ष प्रा. डा रामचन्द्र गौतमले जानकारी दिएका छन् ।

दिवंगत तिथिमा वार्षिकी अथवा श्राद्ध गर्ने परम्परा छ । गत वर्षको भूकम्पले अतिप्रभावित १४ जिल्लामा ८ हजार ६ सय २३, प्रभावित १७ जिल्लामा ४४ र बाँकी जिल्लामा ३३ गरी ८ हजार ७ सय २ जनाको मृत्यु भएको तथ्यांक छ ।


  •  
  •  
  •