आज १२७ औँ अन्तराष्ट्रिय मजुदर दिवस

577
  •  
  •  
  •  

may1काठमाडौँ, १९ वैशाख(ओएनएस) : आज मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

प्रत्येक वर्ष मे १ का दिन मजदुरहरूले विभिन्न कार्यक्रमको आयोजना गरी मजदुर दिवस मनाउने गर्छन् । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन भन्ने मूल नाराबाट उठेको विश्वभरिका श्रमिक मजदुर आन्दोलनबाट यो अधिकार प्राप्त भएपछि यो दिवस मनाउन थालिएको हो ।

अधिकार प्राप्तिका लागि युरोप र अमेरिकाका मजदुरहरूले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ मनाउने गरिन्छ ।

सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिएको हो । नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै आइएको छ। तर यस दिनलाई विसं २०६४ बाट मात्र आधिकारिक विदाको रूपमा घोषणा गरिएको हो ।

हाल नेपालभित्र १ करोड १८ लाख व्यक्ति श्रमिकका रूपमा काम गर्ने गरेका छन्, त्यसमध्ये ९६ प्रतिशत व्यक्ति अनौपचारिक क्षेत्रमा र चार प्रतिशतमात्र श्रमिक औपचारिक क्षेत्रमा रोजगारीमा संलग्न छन् ।

नेपालमा बर्सेनि साढे चार लाखभन्दा बढी व्यक्ति श्रम बजारमा आउने गरेका र नेपालको आन्तरिक बजारमा वार्षिक बढीमा ५० हजार व्यक्तिले मात्र रोजगारी पाउने गरेको र बाँकी वैदेशिक रोजगारीका लागि विदेशिने गरेको तथ्य श्रम तथा रोजगार मन्त्रालयले गरेको अध्ययनले देखाएको छ ।


  •  
  •  
  •