आज ४ बजे सरकारले बजेट ल्याउने

140
  •  
  •  
  •  

काठमाडौँ, १५ जेठ(ओएनएस) : सरकारले आज आर्थिक वर्ष २०७३/०७४ का लागि आज बजेट सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज ४ बजे व्यवस्थापिका संसदमा बजेट सार्वजनिक गर्नेछन् ।

योजना आयागले दिएको सिलिङभन्दा बढी झण्डै १० खर्बको बजेट ल्याउन लागिएको अर्थ स्रोतको भनाई छ । नाकाबन्दी भए पनि पछिल्लो समय राजस्वमा उल्लेख्य वृद्धि भएकाले सरकार ठूलो आकारको ल्याउन लागेको हो ।

बजेटमा पूर्वाधार विकास, सामाजिक सुरक्षा, भूकम्पपछिको पुनःनिर्मालाई प्राथमिकतामा राखिएको अर्थ स्रोतको भनाई छ । चीनतर्फका नाका पूर्वाधारमा उल्लेख्य रकम, किसानलाई सामाजिक सुरक्षा, पत्रकारलाई पेन्सनको व्यवस्था गरिएको छ ।

रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको डीपीआर निर्माण, फास्टट्रयाक आगामी वर्षबाटै सुरु गर्ने घोषणा र बजेट, गाविस र नगरपालिकामा अनुदान रकममा वृद्धि गरिएको छ ।

‘आफ्नो गाउँ आफैं बनाऊँ’ कार्यक्रम ब्यूताउन लागिएको छ । बृद्धबृद्धा, अपाङका लागि दिइने सामाजिक सुरक्षा भत्ता बढाइएको छ ।

सांसदलाई दिइने निर्वाचन क्षेत्र विकासका दुइवटै कार्यक्रममा रकम कति बढाउने तयारी छ । जेष्ठ नागरिकका लागि स्वास्थ्य बिमाको कार्यक्रम घोषणा हुने छ । वृद्धवृद्धा, एकल महिला र अपांगहरूको सामाजिक सुरक्षा भत्ता वृद्धि हुने स्रोतले बताएको छ ।


  •  
  •  
  •