जीबीएसले दियो सशस्त्र प्रहरीलाई खोजी तथा उद्दारमा उययोगी रोबर्ट

327
  •  
  •  
  •  

apf

काठमाडौं, १४ भदौ (ओएनएस) : जिबिएस (गणेश बिक्रम सिंह) ग्रुप काठमाडौंले सशस्त्र प्रहरी बल नेपाललाई एउटा सर्भिलेन्स रोवोट प्रदान गरेको छ ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलाई ग्रुपका इन्जिनियर गणेशबिक्रम सिंह आले र इन्जिनियर यज्ञप्रसाद देवकोटाले उक्त रोबट हस्तान्तरण गरेका हुन् ।

विपद व्यवस्थापनको कार्यमा सशस्त्र प्रहरी बल नेपालको भूमिका सराहनीय रहेको भन्दै ग्रुपले विपदमा विभिन्न बस्तुस्थितिका बारेमा जानकारी दिन सक्ने उक्त रोबर्ट प्रदान गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सो अवसरमा विपद लगायतका घटनामा खोजी तथा उद्धार कार्यमा यस्ता उपकरण उपयोगी रहने उल्लेख गर्दै यसको प्रयोगबाट व्यावसायीक कार्यमासहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले उद्धार तथा मानवीय सेवा र सुरक्षा कार्यमा समेत यस किसिमको प्रविधि सहायकसिद्ध रहने बताए । चितवनको कुरिनटारमा विपद व्यवस्थापन तालिम केन्द्र नै स्थापना गरेर संगठनले विपद व्यवस्थापनका लागि दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको उल्लेख गर्दै महानिरीक्षक श्रेष्ठले विभिन्न इकाईहरुमा विपद व्यवस्थापन टोली तैनाथ गरेको जानकारी दिए ।

apf 1

जिबिएस ग्रुपका इन्जिनियर यज्ञप्रसाद देवकोटाले नेपालमा भूकम्प लगायत अन्य विपदको अवस्थामा सशस्त्र प्रहरी बलको भूमिका उत्कृष्ट देखिएको बताउँदै सोही कारण आफूहरुले सो रोबर्ट प्रदान गरेको उल्लेख गरे । उनले उक्त रोबर्ट करिब दुई लाख रुपैयाँको लागतमा तयार गरेको जानकारी दिए ।

इन्जिनियर देवकोटाले नेपाली बजारमा पाइने सामाग्रीहरुलाई उपयोग गरी बनाइएको उक्त रोबर्ट मुख्यतया खोज तथा अनुसन्धानको लागि उपयोगी रहेको चर्चा गरे ।

करीव दुई सय मिटर दुरीसम्म वायरलेस अपरेट गर्न सकिने रोबर्टको प्रयोगले विपदस्थल, घटनास्थल र संकास्पद वस्तुस्थितिको बारेमा जानकारी हासिल गर्न सहयोग पुग्ने बताइएको छ । क्यामरा जडित सो रोबर्ट करीव तीन केजी तौलको रहेको छ ।

apf 2

नेपाली इन्जिनियरहरुको समूहले उच्चस्तरीय प्रविधिको उपयोग गरी निर्माण गरेको सो रोबर्टको प्रयोगबाट विपद व्यवस्थापन तथा अन्य सुरक्षा कार्यमा उपलब्धीमूलक सफलता हासिल गर्न सहज हुने चर्चा समारोहमा गरिएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही, प्रकाश ओझा र पुष्पराम के.सी. लगायत बलका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।


  •  
  •  
  •