तिवारीको हत्यामा संलग्नलाई कानुनको कठघरामा उभ्याउने गृहमन्त्रीकाे प्रतिवद्धता

150
  •  
  •  
  •  

rajib pahariकाठमाडौं, ५ पुस (अाेएनएस) : गृहमन्त्री विमलेन्द्र निधिले युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या घटनाको छानबिनमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार युवा संघ नेपालका अध्यक्ष राजीव पहारी नेतृत्वको टोलीको ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री निधिले हत्या घटनाबारे तथ्य बाहिर ल्याउने जानकारी दिँदै अपराधीलाई कानुनको कठघरामा उभ्याइने प्रतिवद्धता जनाए ।

गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउदै अध्यक्ष पहारीले हत्या घटनामा संलग्नलाई कानुनको दायरमा ल्याउने खालको अवस्था सृजना नभए भोलिदेखि नेपाल बन्दको आह्वान गर्ने चेतावनी दिए ।


  •  
  •  
  •