मोदीका कारण ‘तितो सत्य’ कार्यक्रम रोकियो

112
  •  
  •  
  •  

काठमाडौं १९ मंसिर । भारतीय सरकार प्रमुख नरेन्द्र मोदीका कारण बिहीबारको तितो सत्य’ कार्यक्रम रोकिएको छ । नेपाल टेलिभिजनमा आउने हास्यव्यङ्ग्य कार्यक्रम ‘तितो सत्य’ रोकिएपछि पुरानै कार्यक्रम दोहोर्यायएको छ । टेलिश्रृखंला ‘तितो सत्य’को ५७६ औं श्रृखंलाको प्रसारण रोकेको दीपक राजगिरीले बताएका छन् ।  नेपाल टेलिभिजनको सेन्सर बोर्ड शाखाले कार्यक्रममा मोदीको नक्कल गरेको भन्दै त्यसले कुटनीतिक मर्यादमा आच आउने निस्कर्ष सहित कार्यक्रम रोकेको स्रोतले बताएको छ।
दिपक राज गिरीले फेसबुकमार्फत आफ्नो कडा विरोध जनाएका छन ।

Deepak Raj Giri

 

 मोदीको कारणले तीते सत्य नआउने

…….
आज प्रसारण हुनु पर्ने तीते सत्यको श्रृंखला मोदीको नक्कल गरिएको कारण देखाइ प्रसारणमा रोक लगाइएको छ
यो श्रृंखलामा गाँउमा बिकाश काममा शिथिलता देखि एक ब्यक्तिलाइ नक्कलि मोदि बनाएर ल्याए पछि बिकाश धमाधम गर्न थालिन्छ।
के कारण देखायियो सम्बन्धीत पक्षबाट?
१)मोदी जस्तो ब्यक्तिको क्यारिकेजर गर्नु हुन्न
२) उहाँ जस्तो ब्यक्तिको क्यारिकेचर गर्दा भोलि जवाफ दिनु पर्ने हुन्छ
मेरो जवाफ
१) भारतमा नै मोदी लगायत नेताहरूको मज्जाले क्यारिकेचर गरिन्छ, लोकतन्त्रको सुन्दरता नै यहि हो जस्मा हरेक प्रसिद्ध ब्यक्तिको नक्कल वा व्यड़ग्य गर्न पाइन्छ
२) तीतो सत्यमा देखाइएको बिषयमा दुइ देश बिचको सम्बन्धमा आँच आउने कुनै बिषय छैन न मोदी लाइ नराम्रो देखाइएको छ तथापि….
तीतो सत्य यहि रहेछ हाम्रो देशमा सम्मान होइन चाकडि बिक्छ,
लोकतन्त्र कागजमा होइन ब्यबहारमा हुनु पर्छ।
संबाद हिन्दी भयो पनि भनियो, मोदीको अभिनय गर्दा शायद भाषा चाइनिज हुन सक्दैन…
सम्मान गरौ चाकडि होइन


  •  
  •  
  •