स्मार्टफोनमा पैसा जोगाउन के गर्ने, के नगर्ने ?

283
  •  
  •  
  •  

smartphone-billसमयसँगै विकास हुँदै गएको प्रविधीको विकासके मानिसको जीवन सहज बनाइदिएको छ । हामीले प्रयोग गर्ने फोन अब फोन गर्नका लागि मात्र नभएर अन्य विभिन्न सुविधाका लागि समेत प्रयोग हुन थालिसकेको छ । स्मार्टफोनको नाममा आएका फोनहरूमा हामीले सामान्य कुराकानी गर्ने देखी लिएर इन्टरनेट चलाउने तथा अन्य विभिन्न ल्यापटप या डेस्कटपमा गरिने काम समेत गर्न थालिसकेका छौ ।

तर, यसरी प्रविधीको प्रयोग गर्दा हामीले स्मार्टफोनमा खर्च पनि बढाएकै छौ । हामीले इन्टरनेट चलाउन तथा इमेल प्रयोग गर्नका लागि मोबाइल डाटाको प्रयोग गर्ने गर्छौ, यसले हाम्रो बिल भने निकै धेरै उठाउन थालेको छ । तर, स्मार्टफोनको प्रयोग गर्दा केही ध्यान दिन सके स्मार्टफोनमा खर्च हुने बिल कम गर्न सकिन्छ ।

केही यस्ता टिप्स जसले स्मार्टफोनको बिल कम गर्न मद्धत गर्छ…

– सबैभन्दा पहिलो आफ्नो स्मार्टफोनमा प्रयोग नगरिएका एप्लिकेशन अनस्टल गर्ने, किनकी यी एप्लिकेशनहरू प्राय अपडेट भइरहेका हुन्छन् जसले डाटा प्रयोग गरेवापत पैसा खर्च पनि भइरहेको हुन्छ ।

– यदी प्रयोग नगरिएका एप्लिकेशनहरू अनस्टल गर्न नचाहेको खण्डमा सेटिङ्ग्समा गएर अटो अपडेटलाई डिसेबल गर्नुपर्छ । यसका लागि एप्लिकेशन म्यानेजर जस्ता प्रोग्रामको प्रयोग गर्न सकिन्छ ।

– अनावश्यक अपडेट नोटिफिकेशनलाई वेवास्या गर्नुपर्छ । आवश्यक नरहेका हरेक अपडेटलाई इन्स्टल गर्नु आवश्यक हुँदैन, तर, अफरेटिङ सम्बन्धी अपडेट्सलाई भने अपडेट गर्नुपर्छ । यसको स्मार्टफोनको प्रयोग थप सहज हुन्छ ।

– यदी तपाई युट्युबमा भिडियो अपलोड गर्नुहुन्छ भने उक्त भिडियो फओनको सट्टा ल्यापटप या डेस्कटपमार्फत गर्नु राम्रो हुन्छ ।

– व्हाट्सअप र भाइबर जस्ता एप्लिकेशनको प्रयोग गर्दा साथिहरूले पठाएको सन्देशमार्पत पठाइएको हरेक भिडियो डाउनलोड गर्नबाट आफूलाई रोक्नु राम्रो हुन्छ । कुनै साथीले एउटै भिडियो दुईपटकसम्म पनि पठाएको हुनसक्छ जुन पहिले नै डाउनलोड भइसकेको हुन सक्छ ।

– सकेसम्म भिडियो च्याट गर्नबाट जोगिनु राम्रो हुन्छ । हरेक मानिसलाई भिडियो कल नै गर्नुपर्छ भन्ने

छैन् । सकेसम्म कम खर्च गराउने खालका भिडियो च्याट एप्लिकेशनहरू प्रयोग गर्नु राम्रो हुन्छ ।

– आजकल अनलाईन गेम खेल्ने मानिसको संख्या पनि निकै बढेको छ । यसबाट बच्न सके स्मार्टफोनको

बिल केही कम गर्न सकिन्छ । ती गेमहरूलाई अफलाइन इन्स्टल गरेर खेल्न सकिन्छ ।

– सकेसम्म वाईफाई हुने ठाऊँमा डाटाको प्रयोग नगर्ने । डाटा अफ गरेर वाईफाई प्रयोग गर्नाले पनि डाटा

वापत खर्चिने रकम कम हुन जान्छ ।


  •  
  •  
  •