मोवाइल पड्केला, होस गर्नुहोस्

406
  •  
  •  
  •  

 mobile काठमाडौं, १० मंसिर (ओएनएस) :  ‘हेल्लो यन्त्र’का रुपमा मात्र प्रयोग गरिने मोवाइल फोनमा पछिल्लो समय थपिएका विभिन्न सुविधाले यसको लोकप्रियतालाई बढाइदिएको छ । मोबाइल फोन ‘हेल्लो यन्त्र’ भन्दा पनि अन्य प्रायोजनका लागि पनि अत्यावश्यकीय यन्त्र बनेको छ ।

विभिन्न प्रकारका  गेम, संगीत, इन्टरनेट, भिडियो, क्यामरालगायतका सुविधाले मोबाइल फोन सेटको लोकप्रियता बढीरहेको छ । मोवाइलबाट विभिन्न सुविधा उपयोग गर्न त सकिन्छ, तर यसको प्रयोगमा सावधानी अपनाउन सकिएन भने क्षति हुन सक्छ । तर, प्रयोगमा सावधानी नअपनाउँदा फोन बिष्फोट हुन पनि सक्छ ।

त्यसैले,मोवाइलको प्रयोग गर्दा यस्ता सावधानी अपनाऔं

-सकेसम्म व्राण्डेड  मोबाइल नै किनौ ् । किन्नुअघि मोबाइल सेटमा आईएमईआई नम्बर छ कि छैन, चेक गरौ । यो नम्बर सेटको खास पहिचान एवं कोड हो । गुणस्तरीयताको प्रतिक आईएमआई कोडले मोवाइल् हराएमा खोज्न पनि सहयोग हुन्छ ।
-मोबाइल सेटमा आउने अन्य एक्सेसरिजहरु इयरफोन, ब्याट्री, चार्जरहरु पनि परिक्षण गरौं । मोवाइलको क्षमता अनुसारको व्याट्रिको भोल्टेज छ की छैन हरौं । बढी भोल्टेजको क्षमताको ब्याट्री राख्दा मोवाइल  पड्किने खतरा रहन्छ ।

-त्यस्तै मोबाइल चार्जमा राख्दा कहिलै प्रयोग गर्न हुदैन । चार्ज गर्दा मोबाइलको मदरबोर्डमा चाप परिरहेको हुन्छ । यो बेला फोन गर्दा मदरबोर्डमा परिरहेको चाप असन्तुलित भई पड्किने खतरा रहन्छ । खासगरी सस्तो तथा ननव्राण्डेड  मोबाइलमा कमसल पार्टपूर्जा राखिने हुँदा यस्तो खतारा बढी हुन्छ । यदि फोन गर्नैपर्ने भए चार्ज छुटाएर मात्र गर्नुपर्दछ ।
-सकेसम्म मोवाइलमा गित तथा भिडियो डाउनललेड नगरौं । मोबाइलमा जडित एन्टिभाइरसको क्षमता कम हुने भएकोले यसो गर्दा मोवाइल विग्रने समस्या हुन्छ ।

-कसैकसैको वाइफाइको सिग्नल देखिने वित्तिकै कनेक्ट गरिहाल्ने बानी हुन्छ । स्पष्ट पहिचान नभएका वाई फाईमा मोबाइल नेटवर्क जोड्नु हुँदैन । ह्याकरहरुले वाईफाईमार्फत् तपाईको मोवाइल ह्याक गर्न सक्छन् ।

-त्यस्तै, सार्वजनिक स्थानमा ब्लुतुथ कनेक्सन अफ गर्नुपर्दछ । नत्र ब्लुतुथ खोलिएका अरुको मोबाइल, तथा ल्यापटपहरुबाट खराब फाइल सर्ने र आफ्नो मोबाइलको अपरेटिङ सिस्टम बिग्रने  खतरा रहन्छ ।

-सकेसम्म मोवाइलको स्पीकर अन गरेर वा इयरफोन प्रयोग गरेर मात्र फोन गर्ने गर्नु उपयुक्त हुन्छ । यसो भएमा शरिरको इलेक्ट्रोम्याग्नेटिक रेडियसन सहनसक्ने क्षमता ह्रास हुदैन ।

– सुत्दा मोबाइल सेट सिरानी वा बिछयौनामा राख्नु हुदैन ।  गर्भवती महिलालाई त मोबाइल नजिक राखेर सुत्न प्रतिबन्धित नै गर्नुपर्छ ।
-नेटवर्क कम टिप्ने अवस्थामा वा गाडी, टे«न आदिमा हिंड्दा मोबाइल फोनको प्रयोग हानिकारक हुन्छ ।


  •  
  •  
  •