लामो आयुका लागि कुन दिशामा फर्केर खाना खाने ? पढनुस्

995
  •  
  •  
  •  

वास्तु शास्त्रले कुनै पनि कामका लागि सही समय र तरिकाबारे जानकारी दिन्छ । वास्तु शास्त्रले नकारात्मक र सकारात्मक उर्जाको सिद्धान्तमा काम गर्ने गर्छ । वास्तुको नियमहरूको पालना गर्दा मुख्य कार्यहरूमा दिशाहरूको ध्यान दिने गरिन्छ । यसले घरको वातावरण शुभ रहने गर्छ ।

यस्तै, वास्तुका हिसाबले पनि खाना खानका लागि प्रयोग गरिने दिशाले पनि हाम्रो स्वास्थ्यमा असर गर्ने गर्छ ।

खाना खाँदा अपनाउनुपर्ने वास्तु नियमबारे ध्यान दिनुपर्ने केही तथ्य यस्ता छन्:

  • वास्तुको सिद्धान्त अनुसार पूर्वतर्फ फर्केर खाना खानाले आयु बढ्ने गर्छ ।
  • यस्तै, जो मानिसहरू उत्तर दिशातर्फ फर्केर खाना खान्छन्, उनीहरूलाई पनि लामो आयु प्राप्त हुन्छ । साथै लक्ष्मीको कृपा प्राप्त हुन्छ ।
  • दक्षिण दिशालाई यमको दिशा भन्ने गरिन्छ र त्यसतर्फ मुख गरेर खाना खाँदा डर बढ्छ र नराम्रो सपना देखिन्छ ।
  • पश्चिम दिशातर्फ मुख फर्काएर खाना खानाले स्वास्थ्यमा असर गर्छ । त्यसैले खाना खाँदा उत्तर या पूर्व दिशामा फर्केर खाना खानु राम्रो हुन्छ ।
  • यस्तै खाना खाँदा सधै जमिनमा बसेर खाना खाने गर्नुपर्छ । तर, थाललाई जमिनमा भने राख्नु हुँदैन । थाललाई केही आसन या चौकीमा राख्नुपर्छ ।

  •  
  •  
  •