टिप्पर आतंक रोक्न माग गर्दै सडक अवरुद्ध

869
  •  
  •  
  •  

सिराहा, १२ वैशाख(ओएनएस) : टिप्पर आतंक रोक्न माग गर्दै सिराहाको मिर्चैयामा स्थानीयले सडक अवरुद्ध पारेको छ ।
बिहीबार बिहान ८ बजेदेखि करीब ३ घण्टा मिर्चैयाको कटारी चौकमा सडक अबरुद्ध गरिएको हो ।

सिद्धिचरण राजमार्ग अन्तरगत मिर्चैया कटारी सडकखण्डमा ओभर लोड गरेर चल्ने टिप्परले बाटोमा धुलो उडाएर वातावरण प्रदुषण गरेको स्थानीयहरुको आरोप छ ।

सैयौको संख्यामा दिनहुँ टिप्पर चलेपनि सडकमा नियमिति रुपमा पानी समेत नहाल्दा यहाँको जनताको स्वास्थ्य नै खतरामा परेकोले बाध्य भएर सडक अवरुद्ध गरेको स्थानीय संजिब यादबले बताए ।

टिप्पर आतंक रोकेर सडकमा पानी हाल्ने काम नगरे कडा आन्दोलन गर्ने समेत उनीहरुले चेतावनी दिएका छन् ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाले सिमेन्ट फैक्ट्रीसंग समन्वय गरी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएपछि अवरुद्ध सडक सुचारु भएको छ ।


  •  
  •  
  •