तीन जिल्लाका तीन लागुऔषध काराेबारी विराटनगरबाट पक्राउ

239
  •  
  •  
  •  

काठमाडौं, १६ चैत (ओएनएस) : तीन जिल्लाका तीन लागुऔषध काराेबारी विराटनगरबाट पक्राउ परेका छन्। लागुऔषध कराेबारमा संलग्न धनुषा, सिन्धुपाल्चोक र मोरङ्गका ३ जनालाई युवालार्इ प्रहरीले पक्राउ गरेको हाे।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक सिमपानी यमुना घर भइ हाल काठमाडौंको स्वयम्भु बस्ने ३६ वर्षीय सुनम लामा,धनुषा ढल्केवर–४ का ३४ वर्षीय सुवास थापा र मोरङको बेलबारी नगरपालिका–७ का २६ वर्षीय गणेश भनिने गोपी भेटवाल रहेका छन्।

उनीहरुको साथबाट ना४०प ७१०९ नम्बरको मोटरसाइकल र नाईट्रोजन ट्याबलेट, फेनारगनसहितका लागुऔषध बरामद गरिएको अस्थायी प्रहरी चौकी घिनाघाटले जनाएको छ। विराटनगर महानगरपालिका–१९ स्थित घिनाघाटबाट लागुऔषधसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेकाे थियाे।


  •  
  •  
  •