माघ ८ को मिति सार्ने एमाओवादी प्रस्ताव

152
  •  
  •  
  •  

ca-buildingकाठमाडौ, २९ मंसिर(ओएनएस) : एकीकृत नेकपा माओवादीले संविधानसभा जारी गर्ने मिति सार्नुपर्ने  प्रस्ताव गरेको छ । एमाओवादीका तर्फबाट संविधानसभामा बोल्दै महासचिव महराले सहमतिका आधारमा संविधान जारी गर्ने समय अपुग भए मिति नै सार्न सकिने प्रस्ताव गरेका हुन् ।

उनले सहमतिबाटै संविधान बन्नुपर्नेमा एमाओवादकिो जोड रहेको र त्यसो गर्दा समय अपुग भए कार्यतालिका फेर्न सकिने बताए । ‘सहमतिबाट संविधान बन्छ भने कार्यतालिका परिवर्तन गर्न सक्छौं, महराले भने, ‘डेडलाइन बढाएर भएपनि सहमतिमा नै संविधान ल्याउनु पर्छ ।’ तर नयाँ मितिको प्रस्ताव भने उनले गरेनन ।

बहुमतका आधारमा पेल्न खोज्ने तर अल्पमतले अनिणर्यको बन्दी बनायो भन्नु गलत भएको उनको टिप्पणी छ ।  उनले सहमतिका लागि फेरि संविधानसभाको राजनीतिक सम्वाद तथा सहमति समितिमा प्रतिवेदन फर्काउनुपर्ने बताए ।

७ प्रदेशमै सहमति खोजेर टुङ्गो लगाऔं

कांग्रेस नेता रामचन्द्र पौडेलले कांग्रेस एमालेको सात प्रदेशको अवधारलाई अन्तिम रुप दिनुपर्ने बताए । नेपालको अवस्था र भौगोलिक बनोट अनुसार सात प्रदेश नै उपयुक्त हुने र आठ प्रदेशमा पनि जान नहुने पौडेलले बताए । उनले ढिपी छाडेर अब सहमतिमा आउनुपर्ने बताए ।

‘संघीयतामा विवाद गरेर देशलाई संविधान नै नदिनु गलत हो’ पौडेलले भने ‘हामी सहमतिको पक्षमा नै छौ सहमति भएन अब भोटिङमा जाऔं भनेर हामीले कहिले भनेका छैनौं । तर सहमतिका नाममा बन्दी बनाउन पाइदैन ।’ उनले प्रतिवेदन सम्वाद समितिमा फर्काउन नहुने र संविधानसभाबाटै टुङ्गो पुर्याउनुपर्ने बताए ।


  •  
  •  
  •