तिलोत्तमा प्रिमियर लिगको अक्सन भोलि हुने

183
  •  
  •  
  •  

tilottama cricket
काठमाडौं, २३ भदौ (ओएनएस) : आगामी असोज २२ गतेदेखि रुपन्देहीमा हुने तिलोत्तमा प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिताका लागि भोलि अक्सन हुनेभएको छ ।

तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा हुन लागेको प्रतियोगिताको अक्सनमा करिब २७० खेलाडीहरुले नाम दर्ता गरेका छन् । प्रतियोगितामा सहभागी आठ टोलीहरुबीच अक्सनमा खेलाडी छान्ने प्रतिस्पर्धा चल्ने छ ।

जसमा क्षेत्रीय र रास्ट्रीय खेलाडीहरुको मूल्य रु १०,००० रहेको छ, यस्तै बिद्यार्थी खेलाडीहरुको मूल्य ३,००० रुपैयाँ, स्थानीय तथा जिल्ला खेलाडीहरुको ३,००० देखि ५,००० रुपैयाँ रहनेछ । प्रत्येक टिमका कप्तानहरुको मूल्य रु १५,००० तोकिएको छ । यस्तै एकै खेलाडीमा धेरै टिमहरुबीच प्रतिस्पर्धा भयो भने गोलाप्रथाद्वारा निर्णय गरिनेछ ।

सहभागी हुने ८ टिममध्ये गोलपार्क लायन्स टिमको कप्तानी रास्ट्रिय क्रिकेटर राहुल बिकले गर्नेछन् । एनएससिए टाईगर्सको कप्तान यु–१९ रास्ट्रिय क्रिकेटर रहीसकेका शंकर रानाले गर्नेछन् भने बम रक्सको कप्तानी अर्का यु–१९ रास्ट्रिय क्रिकेटर कृष्ण कार्कीले गर्नेछन् ।

अर्का यु–१९ रास्ट्रिय क्रिकेटर निर्मल थापा एससिसी स्टिकरको कप्तानी रहनेछन् । यस्तै बुटवल फाइटरको कप्तानी अमित श्रेष्ठ, ज्ञानोदय गोल्ड्सको कप्तानी निशान्त शर्मा, नुसी वारियरको कप्तानी मान बहादुर थापा तथा लुम्बिनी केएलको कप्तानी महेश मिश्रले गर्नेछन् ।

प्रतियोगिताको बिजेताले २ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् त्यस्तै उपविजेताले १ लाख प्राप्त गर्ने छन् । उत्कृस्ट खेलाडीले १५ हजार, उत्कृस्ट बलर र ब्याट्सम्यानले समान ७ हजार ५ सय प्राप्त गर्ने छन् । इमर्जिंग खेलाडीले ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।


  •  
  •  
  •