काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेकाे छ ।
सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको भएपनि यस रिटमाथि सुनुवाइ भने नहुने भएको छ । न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रेहकाे छ जसकारण चुडालको एकल इजलासमा रहेका मुद्दाहरु हेर्न नभ्याइनेमा परेका हुन्।
सरकारले टिकटक प्रतिबन्ध लगाएसँगै परेको १० वटा रिट परेकाे थियाे । गत शुक्रबार सरकारले लगाएकाे प्रतिबन्धकाे निर्णय अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको भन्दै कानुन व्यवसायी र सरोकारवालाले सर्वोच्चमा रिट दायर गरेका थिए ।