टीकापुर आज पनि तनावग्रस्त, सेनाद्धारा हवाई फायर

73
  •  
  •  
  •  

टीकापुर ८ भदौ (ओएनएस) : कैलालीको टीकापुरमा आज पनि तनाव कायमै रहेको छ । बिहानैदेखि फेरि प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले कर्फ्यूको अवज्ञा गरेको छन्। जलुस निकालेर अवज्ञा भएपछि प्रहरीले भीड नियन्त्रण लिन चार राउन्ड हवाइ फायर गरेको छ। टिकापुर अस्पतालमा रहेका शव उठाउन पनि प्रदर्शनकारीले अवरोध गर्न खोजेका छन् । अस्पतालमा रहेका घाइतेलाई बाहिर लिन नदिन अवरोध गर्न खोजेपछि

कैलालीको धनगढी अतरिया लगायतका ठाउँमा पनि सम्भावित झडपलाई ध्यानमा राखेर बिहान ११ बजेदेखि साँझ ७ बजेसम्‍म कर्फ्‍यु लागइएको छ। कैलालीका ६ वटा गाविस मनुवा, जोखिमपुर, नारायणपुर, धनसिंहपुर, पथरैया, दुर्गौली र टीकापुर नगरपालिकामा कर्फ्‍यु आदेश जारी गरेको प्रमुख जिल्‍ला अधिकारी राजकुमर श्रेष्ठले जानकारी जानकार दिए । अहिले हवाई गस्ति पनि भइरहेको । सुरक्षा निकै कडा पािरएको छ ।

सोमबार मृत्‍यु भएकाहरुको शव काठमाडौं ल्‍याउने तयारी गरेको छ।


  •  
  •  
  •