टीकापुरमा सेना परिचालन, अन्य क्षेत्रमा गस्तीमात्रै

74
  •  
  •  
  •  

काठमाडौं, ८ भदौ (ओएनएस) : सरकारको निणर्य अनुसार आज बिहान देखि सेना परिचालन भएको छ । दंगाग्रस्त क्षेत्र कैलालीको टीकापुरमा भने गएराती देखि नै सेना परिचालन भएको छ । रातिदेखि नै कैलालीमा तेघरी र लम्कि ब्यारेकबाट सेना खटाइएको सैनिक प्रवक्ता जगदिशचन्द्र पोखरेलले जानकारी दिए ।

प्रवक्ता पोखरेलका अनुसार कफ्र्यू लागेका रौतहट र नेपालगन्जमा पनि स्थानीय प्रशासनको समन्वयमा अरु सुरक्षा अङ्गका साथ गस्तिका लागि नेपाली सेना सहभागी छ । दाङ्मा सेना परिचालन भएको अपुष्ट खबर प्राप्त भए पनि मातहतका निकायमा यसबारेमा बुझ्ने काम भइरहेको सैनिक प्रवक्ता पोखरेलले बताए ।

कैलालीको टीकापुरमा भएको थरूहट आन्दोलनकारीको आक्रमणमा परी एसएसपीसहितका सुरक्षाकर्मीको मृत्यु भएपछि हिजो बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले आवश्यकता अनुसार सेना परिचालन गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई आदेश दिएको हो । बैठकले सर्लाही, टिकापुर कैलाली र सर्लाहीको मलंगवाहा सेना परिचालन गर्न आदेश दिएको हो ।


  •  
  •  
  •