टीकापुर घट्नाका निर्दोष व्यक्तिलाई रिहाई गर्नुपर्ने माग

234
  •  
  •  
  •  

MIRAK
काठमाडौं, २३ साउन (ओएनएस) : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले सहिद, घाइते र झुठा मुद्दा खेपेका नागरिकप्रति वर्तमान सरकार उदासिन बनेको आरोप लगाएका छन् ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष मिराकले थरुहट आन्दोलनका क्रममा कैलालीको टिकापुर घट्नामा मुछिएका लक्ष्मण थारुलगायतका नेता तथा कार्यकर्ताहरुको तत्काल रिहाई हुनुपर्ने माग गरे ।

मञ्चले लिम्बुवान आन्दोलन, मधेश आन्दोलन र थरुहट आन्दोलनमा ज्यान गुमाएका सहिदहरूलाई राष्ट्रिय शहिद घोषणा गर्नुपर्ने सरकारसँग माग गरेको छ ।

त्यस्तै आन्दोलमा सख्त घाइते भएकाहरुलाई तत्काल उपचार र अपाङ्ता भएकाहरुलाई उचित क्षतिपूर्ति दिनुपर्ने मञ्चले माग राखेको छ । अध्यक्ष मिराकले तुरुन्त संविधान संशोधन गरि प्रान्त थप्ने अधिकार केन्द्रीय संसदलाई दिन मागसमेत गरे ।

‘तुरुन्त संविधान संशोधन गरि नयाँ प्रान्तहरु थप्ने सम्पूर्ण अधिकार केन्द्रीय संसदलाई दिइयोस्, अप्ठ्यारो पार्न प्रान्तीय संसदको फुर्को झुण्डाइएको तुरुन्त हटाइयोस् ।’ उनले भने, ‘नयाँ प्रान्त निर्माणको संख्या, सीमाना, भाषालगायत अधिकारबारे निर्णय गर्न समानुपातिक समावेशी आधारमा संघीय आयोग गठन हुने संवैधानिक ग्यारेन्टी गरियोस्।’


  •  
  •  
  •