आज विजयादशमी, टिकाकाे साइत बिहान १० बजेर ११ मिटेनमा

103
  •  
  •  
  •  

काठमाडौं । आज नेपालीहरुको महान चाड विजया दशमी, मान्यजनबाट टिका ग्रहण गरी मनाइँदैछ ।

विजयादशमीमा साइत खोजेर टीका लगाउनेका लागि विहान १० बजेर १९ मिनेटको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ । समितिका अनुसार आजको दिन दिनभर टीका ग्रहण गर्न कुनै बाधा रहने छैन ।

देशका धेरै स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीकासहित आशिर्वाद लिइने परम्परा छ । तर यस वर्ष भने सरकारले कोरोना भाइरसका कारण सतर्क हुन आग्रह गरेको छ ।

घटस्थापना गरिएको घडाको जलले आजको दिन अभिषेक गरी मान्यजनबाट जमरासहित देवीको प्रसाद लगाइन्छ ।

नवरात्रीभरी माता दुर्गाका ९ वटा रुपहरु शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा अर्चना गरिन्छ ।

घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आव्हान गरी नौ रात दश दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दुर्गा सप्तशती चण्डी, देवीभागवत्, देवी स्तोत्रलगायत देवीको महिमागान गाइएका श्लोक वाचन एवं पाठ गरिन्छ ।

पूजा गरिएको उक्त स्थलमा देवी विसर्जनका लागि आज विहान १० बजेर ११ मिटेनको साइत शुभ रहेको समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताए ।

देशभरका शक्तिपीठमा घटस्थापनाकै दिनदेखि विशेष रुपमा भक्तजनको भीड लाग्ने भएपनि यस वर्ष कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले देशभरका धेरै शक्तिपीठहरुमा भक्तजनलाई दर्शन गर्न दिइएन ।

 


  •  
  •  
  •