डाबर स्पेशल तिज महोत्सव सुरु

122
  •  
  •  
  •  

काठमाडौं ३ भदौ (ओएनएस) : राजधानीमा विहिबारबाट १४ औं डाबर स्पेशल हेयर ओएल तिज महोत्सव २०१५ सुरु भएको छ । ‘महिलाका लागि महिला’ भन्ने मुल नाराको साथ महिला उत्थान र उद्यमशीलता विकासको लागि महिला श्रृजनशील केन्द्रले आयोजना गरेको हो ।

भदौ ३ गतेदेखि ६ गतेसम्म त्रिपुरेश्वर स्थित युनाइटेड वल्र्ड टे«ड सेन्टरमा हुने डाबर स्पेशल हेयर ओएल तिज फेस्टिवल हाँस्य कलाकार कुञ्जना घिमिरे र पुर्व मिस नेपाल माल्विका सुब्बाले संयुक्त रुपमा उद्घाटन गरेकी थिइन ।

तिज पर्वको अवसरमा महिला उद्यमीहरुको सीपमुलक कार्यहरुलाई उजागर गर्ने आफ्नो कला झल्काउनुको साथै अनुभवहरु एक आपसमा बाँड्को लागि तिज महोत्सव विगत १५ वर्षदेखि आयोजना गरिदै आएको डाबार बजार प्रबन्धक विजिता बिजुक्छेले जानकारी दिइन ।
विजुक्छेकी अनुसार फेस्टिवलमा विभिन्न ८० वटा स्टलहरु रहेका छन् । स्टलमा महिलाहरुलाई तिजका लागि आवश्यक पहिरनका सामाग्रीहरु राखिएका छन् । स्टलमा तिज विशेष खानाको परिकार पनि राखिएको छ ।

फेस्टिवलमा निशुल्क प्रवेश रहेको छ । फेस्टिवलमा जयन्ती मेमोरियल ट्रष्टले महिलाहरुलाई निः शुल्क स्वास्थ्य परिक्षणको व्यवस्था गरिएको छ । फेस्टिवलमा जम्मा भएको कुल रकमको केही अंश भूकम्प पिडीतबालबालिका तथा महिलाहरुलाई दिने आयोजकले जनाएको छ ।

फेस्टिवलको व्यवस्थापन डिइसीसी नेपाल प्रा.लीले गरेको छ ।


  •  
  •  
  •