देउसी खेल्ने समय दुई घण्टा थप

77
  •  
  •  
  •  

काठमाडौं, ३ कात्तिक (ओएनएस) :  सरकारले तिहारमा देउसी खेल्ने समय दुई घण्टा थप गरेको छ । राति ७ बजेपछि देउसी भैलो खेल्न रोक लगाएको सरकारले त्यसको चौतर्फी आलोचना भएपछि दुई घण्टा थप गरेर राती नौ बजेसम्म देउसी खेल्ने समय तोकेको छ ।

गृहमन्त्रालयले सोमवार एक विज्ञप्ती जारी गरी विभिन्न क्षेत्रबाट देउसी भौलोको समय थप गर्न अनुरोध आएकाले समय थप गरिएको जनाएको छ । ‘‘विभिन्न क्षेत्रबाट देउसी भैलोको समय थपकमा लागि अनुरोध भएको र जिल्ला प्रशासन कार्यालयबाट समेत थप समय तोकिए सुरक्षा व्यवस्थालाई नियन्त्रणमा राख्न सपकने प्रतिक्रिया आएकाले ७ बजेलाई संशोधन गरेर बेलुकी ९ बजेसम्म देउसी भैलो खेल्ने समय कायम गरिएको छ ।’

गृहमन्त्रालयले साँझा सात बजेपछि देउसी खेल्न नपाइएने तथा विद्युत प्राधिकरणले तिहारमा झिलिमिली बत्ती नबाल्न उर्दी जारी गरेपछि सामाजिक संजालमा त्यसको व्यापक विरोध भएको थियो ।


  •  
  •  
  •