आज भाइटीका उत्तम साइत ११ बजेर ३५ मिनेटमा

101
  •  
  •  
  •  

काठमाडौं ८ कात्तिक (ओएनएस) :
तिहारको अन्तिम दिन अर्थात यमपञ्चकको पाचौ दिन आज भाईटीका लगाइदैछ । भाइटिकाका लागी बिहान ११ बजेर ३५ मिनेटमा उत्तम शुभसाइत रहेको नेपालपञ्चाङग निर्णायक मितिले जनाएको छ । यध्यपी मध्याह्न तथा अपराह्न पनि टिका लगाउन सकिने समितिले बताएको छ । साइत खेज्नेहरुका लागि मात्रै साइत निकालीएको समितिको भनाई छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई सप्तरङ्गी टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्ट चिरञ्जीवी, बलीराजा, यमराज, यमुना र धर्मराजको समेत पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।
यमरााजले आफ्नो राज्य छोड्नु पर्ने हुदा उक्त फुर्सदको समयलाई आफ्नी बहिनी यमुनाको घरमा गई रमाइलो गरी बिताई अन्तिम दिनको बिदाको समयमा बहिनीले दाजुलाई टिकालगाई पुजा गर्ने र बहिनीले दाजू भाईलाई सप्तरङ्गी टिका लगाई वस्त्र आभुषण्ँ दिइ खुसी बनाएको भन्ने कथन रहिआएको छ । तिहारको अन्तिम दिन भाइटिका मनाइन्छ । यो दिनमा दिदिबहिनीले दाजुभाइको
दीर्घायूको लागि उनिहरुको पुजा गरि टिका लगाई दिएर मिठा मिठा खानेकुरा तथा फलफुल दिन्छन भने दाजूभाइले पनि दिदि बहिनिलाई आफ्नो गक्ष अनुसार वस्त्र तथा दक्षिणा दिने प्रचलन छ ।


  •  
  •  
  •